नेपाल समूहले ओलीको सबै चाल थाहा पायो, बालुवाटारभित्र ठूलै षड्यन्त्र

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् अध्यक्ष खड्गप्रसाद ओली समूहद्वारा बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको ओली समूहको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिएका छन् ।

ओली समूहले नेपाल समूहलाई बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

नेपाल समूहले ओलीले आफूहरूविरुद्ध ठूलो षड्यन्त्र गरेको आराप पनि लगाएको छ ।

ओलीले शुक्रबार बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओलीले आयोजक कमिटी भंग गर्ने र साविकको केन्द्रीय कमिटी ब्युँताउँने निर्णय गरेका थिए ।

ओली समूहले केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ । माओवादीबाट आएका नेताहरूलाई समेत समावेश गरिएकाले नेपाल समूहले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ ।

Published : Thursday, 2021 July 1, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया