ओलीका ९ मन्त्रीहरूसँग स्पष्टीकरण माग
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को उपेन्द्र यादवले कामचलाउ सरकारमा सहभागी ९ जना मन्त्रीहरूसँग स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष यादवले मन्त्रीहरूसँग ७ दिने स्पष्टीकरण सोधेका हुन् । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारमा सहभागी मन्त्रीहरूसँग अध्यक्ष यादवले स्पष्टीकरण सोधेको जनाइएको छ ।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर–राजेन्द्र महतो समूहका चार जनालाई स्पष्टीकरण सोधेको थियो ।
जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरू लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र यादव समूहले गरेको थियो ।
सरकारमा गएका बाँकी ९ जना मन्त्रीलाई ७ दिनमा जवाफ दिन भनेर ४ बुँदे स्पष्टीकरण सोधिएको जसपाले जनाएको छ ।
स्पष्टीकरण सोधिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, खानेपानीमन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यनमन्त्री उमाशंकर अरगरिया, खेलकुदमन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया