महेश बस्नेतलाई बालुवाटारबाट ‘बा’को ‘लात’, तोरीको फूल देखेपछि तनाब
काठमाडौं । सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री नदिएर जिल खुवाइदिएका छन् ।
तत्कालीन संघीय समाजवादी पार्टी र केही दिन अगाडि जनता समाजवादी पार्टी, नेपालका सांसदहरूलाई अपहरणको वात लागेका बस्नेतले गृहमन्त्री पाउँछु भनेर मिडियावाजी गरेका थिए । तर, ओलीले बस्नेतलाई मन्त्री दिएका छैनन् । बस्नेतले जहाँ हात हाल्छन् त्यहाँ विगार्छन् भन्ने आरोप पनि एमालेभित्र लाग्ने गरेको छ ।
ओली सरकारलाई ‘मैले टिकाएको हुँ’ भनेर भ्रम पाल्दै आएका बस्नेतलाई बालुवाटार लात हानेको छ । बस्नेतले दुई हप्तादेखि ‘म गृह मन्त्री’ बन्छु होइन भने सूचना तथा सञ्चार प्रविधिमन्त्री बन्ने पक्का छ भनेर अन्तर्वार्ताहरू दिँदै आएका थिए ।
ओलीलाई मन्त्री बनाउन मिडिया ट्रायलमार्फत बस्नेतले दवाव सिर्जना गरेका थिए । ऋषि धमलासँगको आन्तर्वार्ता होस् वा अन्य विभिन्न अन्तर्वार्ताहरूमा एमालेका नेता बस्नेतले मन्त्री बन्ने पक्का जस्तै रहेको भनेर अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीलाई बस्नेतले ‘बा’ भनेर सम्बोधन गर्छन् । ओलीले बस्नेतलाई उद्योग मन्त्री बनाएर राजनीतिक उचाइँ बनाइदिएका थिए । ओलीभन्दा जान्नेसुन्ने हुन खोज्दा बस्नेत जिल परेका छन् ।
बस्नेतले संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गर्न नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल र तत्कालीन सांसद किसान श्रेष्ठ र एकजना टोले गुण्डालाई साथमा लिएर गएका थिए ।
बस्नेतकै कारण अघिल्लो पटक संघीय समाजवादी पार्टी विभाजन हुन सकेन । बरु संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी, नेपाल बन्न पुगेको थियो ।
पछिल्लो राजनीतिमा आफूलाई ओलीको मियो ठान्ने एमालेका नेता बस्नेतको हैसियत बालुवाटारले देखाइदिएको छ । ओली सरकार बद्नाम हुनुमा बस्नेतको ठूलो भूमिका छ ।
मन्त्री बन्न नपाएपछि नेता बस्नेतले गुट परिवर्तन गर्न सक्ने चर्चा चलेको छ । बस्नेतले यो विषयमा केही भनेका छैनन् । एमाले र माओवादी केन्द्र एकीकरण बन्दा बस्नेतर्लाइ ओलीले केन्द्रीय सदस्य बनाउन खोजेका थिएनन् । बस्नेतलाई त्यस बेला बामदेव गौतमको जोडबलमा नेकपाको केन्द्रीय सदस्य बनाइएको भनेर चर्चा भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया