सशस्त्र प्रहरीसामु झुक्यो भारतीय सीमा सुरक्षा बल, नेपाल पक्षको शानदार जित
बेलौरी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच बढेको विवाद तत्कालका लागि समाधान भएको छ ।
दुबै देशका सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरूको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।
भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो ।
विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने अवस्था सिर्जना भएको थियो ।
सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन् ।
बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी थिए । एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ ।
दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ । एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ ।
अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दै आएको बताएको छ ।
गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सीधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताएका ।
एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो ।
भीमदत्त नगरपालिका—९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्र्भट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया