प्रेम विवाह गरेकी यी चर्चित गायिकाले पति छाडिन्
मुम्बई । पञ्जाबी गायिका हिमान्शी खुराना र मोडल आसिम रियाजको प्रेमको सुरुवात ‘बिग बास १३’ शोमा भएको थियो ।
आसिमले राष्ट्रिय टेलिभिजनमार्फत हिमान्शीसँगको प्रेम बाहिर ल्याएका थिए । त्यो समय मानिसहरुलाई दुबैको जोडी मन परेको थियो । उक्त समय कतिपयले भने यो जोडीको सम्बन्ध धेरै टिक्दैन समेत भन्थे ।
शोको अन्तसम्म उनीहरूको सम्बन्ध झन् गहिरो भएको थियो । दुबैले कयौं म्युजिक भिडियोमा समेत एकसाथ काम पनि गरे । केहीदिन पहिले हिमान्शीले हिराको रिंग फलोन्ट गरेको तस्बिर समेत बाहिर आएको थियो । जसलाई देखेर दुबैले विवाह गरेको अनुमान लगाइएको थियो । दुबैले एक अर्काेसँग बाटो अलग बनाएका छन् ।
आसिम र हिमान्शीले सामाजिक सञ्जालमा एक अर्काेलाई अनफलो समेत गरेका छन् । यतिमात्र होइन दुबैले इष्टाबाट कपल तस्बिर समेत डिलिट गरेका छन् । सामाजिक सञ्जालमा उनीहरु अलग भएको खबरले हल्ला मच्चिएको छ । कयांै मानिस उनीहरुको सम्बन्ध यथावत देख्न भगवानसँग पुकार गरिरहेका छन् ।
आसिमले हिमान्शीलाई ‘बिग बास १३’ को सेटमै प्रपोज गरेका थिए । उस समय उनी एक ब्यक्तिसँग डेट गरिरहेकी थिइन् । हिमान्शीले आमिसका लागि १० बर्ष पुरानो सम्बन्ध छोडेको बताइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया