अञ्जु पन्तले चर्चमा दोस्रो बिहे गरिन्
काठमाडौं । डिभोर्सी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् ।
बुधबार ललितपुरको पाटनस्थित एउटा चर्चमा क्रिश्चियन परम्परानुसार पन्तले थिर कोइरालासँग विवाह गरेकी हुन् ।
गायिका पन्तले हिन्दू धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकी थिइन् । उनले विवाह गरेका कोइराला पनि क्रिश्चियननै हुन् ।
गायक मनोज राज सिवाकोटीसँग विवाह गरेकी गायिका पन्तले डिभोर्स गरेर छोरी परितोशिकासँगै बस्दै आएकी थिइन् ।
छोरी परितोशिकाकै दवावमा आफूले विवाह गर्न लागेको पन्तले यसअघिनै भनेकी थिइन् ।
विवाहमा दुबै पक्षबाट परिवारका सदस्यहरूलाई मात्रै बोलाएका थिए । विवाहलाई पत्रकारहरूबाट लुकाउन खोजिएको थियो ।
Published : Wednesday, 2021 February 24, 10:39 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया