ठमेल नजिकै ‘टोले गुण्डा’को उत्पात

काठमाडौं । काठमाडौंमा बिर्खबहादुर भुजेललाई धारिलो हतियार प्रहार गर्ने प्रमोद न्यौपाने पक्राउ परेका छन् ।

काठमाडौं महानगपालिका–२६ गल्कोपाखा डेरा गरि बस्ने सुनसरीका ४३ वर्षीय भुजेललाई झापाको धुलाबारी घर भएका २१ वर्षीय न्यौपानेले धारिलो हतियार प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रमोद न्यौपानेले बिर्ख बहादुर भुजेललाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई चक्कुसहित पक्राउ गरेको हो’, विज्ञप्तिमा उल्लेख छ ।

घाइते बिर्खबहादुर भुजेलको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

ठमेलको नजिकै गल्कोपाखामा भएको सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2021 February 11, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया