अशोकको फिल्ममा स्वस्तिमा र सौगात
काठमाडौं । नेपाली फिल्मका पुराना फिल्मकर्मी अशोक शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।
मितिनी निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा फर्कन लागेका हुन् । फिल्म वर्ल्ड र एए ग्रुपको ब्यानरमा बन्न लागेको फिल्ममा शर्माको निर्देशनसँगै अभिनय र निर्माण पनि रहने छ। सामाजिक एवम् कमेडी ड्रामामा अभिनेता खगेन्द्र लामिछानेको पटकथा एवं प्रमुख भूमिका रहनेछ ।
फिल्ममा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरूको प्रमुख भूमिका हुने बताइएको छ ।
शिवरात्रीदेखि छायांकन सुरू हुने बताइएको फिल्मको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ ।
Published : Sunday, 2018 February 11, 7:12 pm
यसमा तपाइको मत