प्रल्हादको शब्दमा ‘मिश्री खानेलाई’ रिलिज, शान्तिश्री र खेमको स्वर
काठमाडौं । प्रल्हाद सुवेदीको शब्द रहेको ‘मिश्री खानेलाई…’ बोलको गीत रिलिज भएको छ ।
‘मिश्री खानेलाई…’मा शान्तिश्री परियार र खेम सेञ्चुरीको स्वर रहेको छ । गीतमा प्रसाद लामिछानेको संगीत रहेको छ ।
रचनाकार सुवेदीले लोक लयमा आधारित वियोगान्त प्रेम गीत रहेको बताए । ‘प्रेममा आधारित वियोगान्त गीत हो । लोक लयमा आधारित छ’, सुवेदीले भने, ‘मैले धेरै सिर्जनाहरू गरेको छु । तीमध्यो ‘मिश्री खानेलाई’ बोलको गीत अति उत्कृष्ट लागेको छ ।’
गीत संगीतमा राम्रो काम गर्नेलाई सबै कुराले राम्रो हुने उनको भनाइ छ । ‘काम राम्रो गर्नुपर्छ’, गीतकार सुवेदीले भने, ‘ढिलोचाँढो त्यसको फल पाइन्छ ।’
कृष्ण केसीको एरेञ्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका छन् ।
म्युजिक भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । अधिनायकमान शेरचनले भिडियोको सम्पादन गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया