भारतीय गुप्तचर संस्था ‘रअ’का छजना नक्कली एजेन्ट पक्राउ
काठमाडौं । भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को एजेन्ट बनाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने समूह पक्राउ परेको छ ।
प्रहरीको महानगरीय अपराध अनुसन्धान विभागले रअको एजेन्ट बनाउने भन्दै नेपाली युवाबाट लाखौं रुपैयाँ ठग्ने समूहको ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजविराज घर भइ हाल महाराजगञ्ज बस्दै आएका ४१ वर्षीय रमानन्द नौनिया, दोलखा घर घइ काठमाडौंको मण्डिखटार बस्दै आएका २८ वर्षीय सन्तोष कार्की, ज्ञानेश्वर बस्दै आएका ३० वर्षीय बिनोद कार्की, काभ्रे घर भइ बौद्ध बस्दै आएका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछाप घर भइ कपन बस्दै आएका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र महाजगञ्जकी ३२ वर्षीय गिता महर्जन छिन् ।
उनीहरूले राजदुतावासको विभिन्न पदमा जागिर लगाइदिने भन्दै ६० जनासँग प्रति व्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको खुलेको छ ।
पीडितले दिएको उजुरीका आधारमा आइतबार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
उनीहरूमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत