नरेश–मेक्सम दाजुभाईको ‘पुकुली माया’ रिलिज
काठमाडौं । गायक एवम् संगीतकार नरेश खाती क्षेत्र र गायक मेक्सम खाती क्षेत्रीको जोडीले ‘पुकुली माया’ बोलको गीत रिलिज गरेका छन् ।
नरेशको संगीत रहेको ‘पुकुली माया’मा मेक्समको स्वर रहेका छ । गीतको शब्दपनि नरेश आफैले लेखेका छन् । नरेश र मेक्सम दुई दाजुभाई हुन् । यो जोडीले राम्रा गीतहरू दिँदै आएको छ ।
लोक आधुनिक लयमा रहेको ‘पुकुली माया’लाई उच्च हिमाली जिल्लामा छायाँकन गरिएको छ ।
नरेशले यो गीतलाई आफ्नै युट्युब च्यानलबाट शुक्रबार रिलिज गरेका हुन् । नरेशले गीतले दर्शक स्रोताको माया पाउने आशा लिएको बताएका छन् ।
विशाल निरौलाको एरेञ्ज रहेको ‘पुकुली माया’का सम्पादक मनोज कार्की हुन् ।
यसअघि, नरेशले ‘मेरी छोरी’, ‘मेरो बाबा भगवान’, ‘माया मारेर’लगायत थुप्रै राम्रा गीतहरू बनाइसकेका छन् । उनका केही गीतहरूले युट्युबमा एक करोडभन्दा धेरै भ्यु पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया