नायिका रियाको निवेदन खारेज, १४ दिन हिरासतमा बस्नेत
मुम्बई । बलिउड नायिका रिया चक्रवर्तीको जमानत निवेदनलाई अदालतले खारेज गरिदिएको छ ।
अभिनेता सुशान्तसिंह राजपुतसँग जोडिएको लागुऔषध प्रकरणमा रिया चक्रवर्ती र उनका भाई शौविक प्रहरी हिरासतमा छन् । उनीहरूले धरौटीमा रिहाइको माग गरेर अदालतमा निवेदन दिएका थिए ।
अदालतले दुबैको निवेदन खारेज गरिदिएको छ । रिया र उनका भाई अब १४ दिन हिरासतमा बस्नेछन् । उनीहरूसँग प्रहरीले सोधपुछ र अनुसन्धान गर्नेछ ।
रिया र शौविकका साथै अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र स्यामुअल मिराण्डालाई पनि जमानत दिन अदालतले अस्वीकार गरेको छ ।
अब अभियुक्तले आगामी साता पुनः जमानतका लागि अपील गर्नेछन् । रिया चक्रवर्ती मुम्बईस्थितको भायखला जेलमा रहेकी छिन् ।
रियाको जमानत निवेदन खारेज भएपछि उनका वकिलले मुम्बई उच्च अदालतमा पुनः निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया