राप्तीमा स्वरोजगर कार्यक्रम सञ्चालन
तर्थराज ज्ञवाली
सिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा धेरैले नयाँ कामको सुरुवात गरेको पाइएको छ ।
कोरोना महामारीसंगै घरमै रहेर रोजगार खोज्ने क्रम बढेसंगै कृषि ब्यवसायमा चासो बढेको पाइएको हो ।
आफ्नै र भाडामा जमीन लिएर तरकारी खेती, पशुपंक्षी, माछा, माहुरी, फलफूल तथा ब्यापार तथा उद्योग शुरु गरेको पाइएको छ ।
छोट्की सिसहनियाँका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन गरेका छन् ।
अनिल चौधरीले कतारबाट आएर घर निर्माणसम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य गरेका छन् ।
सूर्य नारायण चौधरीले बाख्रा पालन शुरु गरेका छन् । तुला गिरीले मसुरियामा हार्डवेयर पसल शुरु गरेका छन् ।
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ ।
प्रतिकृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय वृद्धिमा लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया