निषेधाज्ञाका बेला काठमाडौंमा ‘ग्याङफाइट’
काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंको स्वयम्भुमा दुई समूहबीच ‘ग्याङफाइट’ भएको छ ।
‘ग्याङफाइट’मा चार जना घाइते भएको काठमाडौं प्रहरीले जनाएको छ । बिहीबार राति ढुङ्गेधारा र रानीबनका दुई समूहबीच रानीबनमा ‘ग्याङफाइट’ भएको थियो ।
‘ग्याङफाइट’मा ३० वर्षीय सुदीप राना मगर, २४ वर्षीय सुरज राना मगर, २७ वर्षीय नवराज राना मगर र सुरज थापा मगर घाइते भएका छन् ।
घाइते सबैको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ‘ग्याङफाइट’का विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
Published : Friday, 2020 September 4, 11:33 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया