खेम र शान्तिश्रीको स्वरमा ‘कामी दाईको छोरो’, सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । गायक खेम सेञ्चुरी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कामी दाईको छोरो’ बोलको गीत रिलिज भएको छ ।
गीतको म्युजिक भिडियोलाई बिहीबार युट्युबमा अपलोड गरिएको छ । अपलोड भएको केही घण्टामै गीतले राम्रो भ्यु पाएको छ ।
रुकुम पश्चिम जिल्लाको सोतीमा गैर दलित समूदायको सांघातिक आक्रमणमा परेर नवराज बिकसहित छ जनाको हत्या भएको घटनालाई झल्को दिने गरी गीत बनाइएको छ । गायक सेञ्चुरीले यो गीतबाट समाजमा रहेको छुवाछुतको समस्यालाई उजागर गर्ने गरी बनाइएको बताएका छन् ।
सेञ्चुरीले गीतले कुनै पनि समूदाय वा व्यक्तिलाई आघात पुर्याउने गरी नबनाइएको बताए । उनले भने, ‘समाजको जातीय छुवाछुतको समस्यालाई उजागरी गरी सामाजिक चेतना बनाउन गीत बनाइएको हो ।’
गीतको शब्द आशिष दवाडीले लेखेका छन् । म्युजिक पनि दवाडीले नै दिएका छन् । विनोद बाजुरालीको एरेञ्ज रहेको ‘कामी दाईको छोरो’लाई युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाश भट्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ । सुरेश श्रेष्ठको कोरोरियोग्राफ, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा गायक सेञ्चुरी र श्रीजना रेश्मी मगरले अभिनय गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया