गायक जुरासिकको नर्बेजियन भाषाको गीत रिलिज
ओस्लो । गायक जुरासिकले नर्बेजियन भाषामा ‘भी गर ओप्प’ गीत ल्याएका छन् ।
हाल नर्बेको राजधानी ओस्लोमा बस्दै आएका काठमाडौं निवासी गायक जुरासिकले गीतमा एरेञ्ज, संगीत र शब्द दिएका छन् ।
गीत युट्युबबाट रिलिज भएको छ । गायक जुरासिकले युवा पुस्तामा उत्साह बढाउनका लागि गीत ल्याइएको बताएका छन् । उनले भने, ‘गीतले एक किसिमको सन्देश दिन खोजेको छ ।’
म्युजिक भिडियोमा पनि गायक जुरासिकले आफै अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन जुलिया आन तोम्मरले गरेका हुन् भने जोकिम ब्राट्टले सम्पादन गरेका हुन् ।
गायक जुरासिकका बुबाआमा पनि गायक र गायिका हुन् । बुबा माेहन नेपाल र आमा राेशनी धाैबन्जारको प्रेरणाबाट संगीतमा लागेका जुरासिकले यसअघि पनि गीत ल्याइसकेका छन् । उनको अर्को गीत आउने क्रममा छ ।
उनका गायक समेत रहेका बुबा माेहन नेपाल कुनै बेलाका राम्रा गजल गायक हुन् । गायिका समेत रहेकी आमा राेशनी धाैबन्जारकाे नेवारी भाषाका गीतहरूमा आफ्नै खालकाे छाप रहेकाे छ ।
गायिका राेशनी धाैबन्जारकाे नेवारी भाषाकाे ‘घन्टा घर य क़्वोय’ बाेलकाे गीत हिट मानिन्छ । अहिले पनि नेवारी समुदायमा याे गीत बजाइने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया