भित्रीवस्त्र दीपिकाले बाहिरै लगाइन्

मुम्बई । बलिउड नायिका दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् ।

दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरूले उनलाई श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताइरहेका छन् । दीपिकाले अचम्मको जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ ।

उनको शर्ट पनि भिन्न शैलीको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । उनको यो पहिरनको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ ।

एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्‍यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’

Published : Thursday, 2020 January 2, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया