गायक रामकृष्ण ढकाललाई पत्नीले छाडिन
काठमाडौं । गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् ।
उनीहरूका बीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो ।
ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।
दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ ।
रामकृष्ण र निलमबीच १७ वर्षअघि प्रेमविवाह भएको थियो । यो विवाहले निकै चर्चा पाएको थियो । दुवैबाट एक छोरी छिन् ।
ढकाल नेपाली आधुनिक गीतका लोकप्रीय गायक हुन् । सानैबाट संघर्षमा हुर्केका उनको जीवत वियोगले भरिएको छ ।
उनीहरूबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया