प्रेमिकाकी बहिनी ‘भ्याउने’ सत्तारुढ अखिलका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले युवतीलाई बलात्कार गरेको अभियोगमा रत्न राज्यलक्ष्मी क्याम्पस (आरआएर)का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सहसचिव ईन्द्रहाङ्ग राईलाई पक्राउ गरेको छ ।

राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य समेत हुन् ।

१८ वर्षीय युवतीलाई राईले माकलबारीस्थित निवासमा सोमबार राति देउसिरे खेल्न बोलाएर बलात्कार गरेको आरोप छ । युवतीको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रहरीले मंगलबार बिहान बिहान पाँच बजे काठमाडौंको जोरपाटीको माकलबारीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् डिएसपी होबिन्द्र वोगटीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका राई र पीडित युवतीकी दिदीवीच प्रेम सम्वन्ध रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

स्ववियुका सहसचिव राईले प्रमिकाकी बहिनीलाई मध्यराति चक्कु देखाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राई पक्राउ परेका हुन् ।

दिदीसँग प्रेस सम्बन्ध राखेर साली ताक्ने राई तिहारको दिन पक्राउ परेपछि तनावमा परेका छन् ।

राईले आरआएर क्याम्पसमा तत्कालीन एमाले निकटको अनेरास्ववियुबाट आरआर क्याम्पसको स्ववियुमा सहसचिवमा विजयी भएका थिए ।

Published : Tuesday, 2019 October 29, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया