रिलिज भयो ‘परदेशीको दशैँ तिहार’
काठमाडौं । गायक भुपु पाण्डेको स्वरमा ‘परदेशीको दशैँ तिहार…’ बोलको गीत रिलिज गरेका छन् । आफ्नै स्वर, संगीत र एरेञ्ज रहेको गीतका शब्द भने भुपेन्द्र बुढाथोकीले लेखेका हुन् ।
दशैँ र तिहार जस्ता ठूला चाढपर्वका बेला आफन्तहरूसँग छुटिदाको पीडालाई गीतमा देखाउन खोजिएको गायक पाण्डेले बताएका छन् । गीतलाई युट्युबबाट रिलिज गरिएकाे छ ।
‘यस पटक दशैँ र तिहारसम्बन्धी गीत बनाउने खासै तयारी थिएन’, उनले भने, ‘अकस्मात गीत बनाउने कुरा भयो । गीत रेकर्ड गरियो । म्युजिक भिडियो बनाएर रिलिज गर्यौँ ।’
म्युजिक भिडियोमा कमल सिंह, सृष्टि आचार्य, रिजोन थापा, ज्वाला राई लगायतको अभिनय रहेको छ ।
म्युजिक भिडियोलाई गोदावरी नगरपालिकाको चापागाउँ नजिकैको घरमा भएको छायाँकन गरिएको हो । म्युजिक भिडियोका छायाँकार योगेश दाहाल हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया