लोक पप लयमा भुपु–कुशुमको ‘नरिसाउन मालती’
काठमाडौं । फरक शैलीका गीत गाउदै आएका गायक भुपु पाण्डेले ‘नरिसाउन मालती…’ बोलको गीत रिलिज गरेका छन् ।
गीतमा गायक पाण्डेलाई स्वरमा कुशुम दाहालले साथ दिएकी छिन् । गीतको संगीत गायक पाण्डे आफैले दिएका छन् । ‘नरिसाउ मालती…’का शब्द राजेश अर्यालले लेखेका हुन् ।
आफ्नै युट्युब च्यानलमार्फत सेप्टेम्बर १२ मा रिलिज भएको गीत पाँच दिनमा साढे दुई लाख भ्यू गएको छ । छोटो समयमा गीत राम्रो भ्यू गएपछि गायक पाण्डे हर्षित बनेका छन् ।
‘मेरो यूट्युब च्यानमा थोरै मात्रै सस्क्राइब छन्’, उनले भने, ‘तैपनि दर्शक स्रोताहरूले गीत मन पराइदिनुभएको छ । खुसी लागेको छ ।’
गायक पाण्डेले नयाँ पुस्तालाई ध्यानमा राखेर गीत बनाएका छन् । लोक पप लयमा रहेको यो गीतमा होचापुड्का कलाकारहरू अभिनय गराइएको छ ।
गीतमा गायक पाण्डे र गायिका दाहालका साथै सिसा सागर, मनीषा श्रेष्ठ, मेघराज खड्का, सुरज शाही ठकुरी, अनेक श्रेष्ठ, पवन घर्ती मगर, रिना श्रेष्ठ, ज्याक गुरुङलाई फिचरिङ गरिएको छ ।
उनीहरूको अभिनय अत्यन्तै राम्रो रहेको गायक पाण्डेले बताए । म्युजिक भिडियोको निर्देशन सुरज कुसुम्या हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया