बैंकमा १८ करोड घोटाला गर्ने गिरोह दाङमा पक्राउ
घोराही । दाङमा देव विकास बैंकमा झण्डै अठार करोड रुपियाँ घोटाला गरेर हिनामिना गर्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नारायणपुरका ३० वर्षीय समिर बुढाथोकीको बयानका आधारमा दश जनालाई पक्राउ गरिएको हो ।
उनीहरूलाई विभिन्न समयमा पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
बुढाथोकीसहितको समूहले बैंकको सत्र करोड उनान्सय लाख नब्बे हजार घोटाला गरेको थियो ।
‘आर्थिक अनियमितता गरेको कसुरमा पक्राऊ परेका साविक वेस्र्टन डेभलपमेन्ट बैंक हाल देव बिकास बैंक नारायणपुर दाङका प्रवन्धक जिल्ला दाङ घोराही उपहानगरपालिका १० नारायणपुर बस्ने वर्ष ३० को समिर बुढाथोकीको बयानले उक्त कसुरसँग सम्वन्धित दश जनालाई बिभिन्न मितिमा पक्राऊ तथा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ वर्षीय अर्जुन बस्नेत, ४५ वर्षीय झगबहादुर डिसी, ३७ वर्षीय उज्वल आचार्य, ५४ वर्षीय सतकुमार पौडेल र वडा नम्बर ८ बस्ने ४३ वर्षीय बसन्त बुढाथोकी रहेका छन् ।
त्यसै गरी प्रहरीले साबिक कोइलाबास ४ स्थायी वतन भई घोराही उपमहानगरपालिका १४ बस्ने २४ वर्षीया बन्धना गुप्ता, साबिक कोइलाबास ९ स्थायी वतन भई घोराही उपमहानगरपालिका १५ बस्ने ३८ वर्षीय बीरेन्द्रकुमार गुप्ता, साबिक कोइलाबास ५ स्थायी वतन भई घोराही उपमहानगरपालिका १० बस्ने ४५ वर्षीय सक्टुराम गुप्ता र साबिक जिल्ला दाङ त्रिभुवन नगरपालिका(१० हाल घोराही उपमहानगरपालिका १४ बस्ने वर्ष ३१ का विजयकुमार गुप्तालाई पक्राउ गरेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया