बिहारीद्वारा उदितनारायणलाई ज्यान मार्ने धम्की
मुम्बई । नेपाली मूलका बलिउडका चर्चित गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
बिहार घर भएका लक्ष्मणले उदितनारायण झालाई फोन गरेर ज्यान मार्ने धम्की दिएका हुन् । गायक उदित नारायण झालाई धम्कीले तनाव बढाइदिएको छ ।
एक महिनादेखि निरन्तर ज्यान मार्ने धम्की आएपछि गायक उदितनाराय झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
बिहारका ती व्यक्तिले गायक उदितनारायण झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान लिने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ ।
ज्यान मार्ने धम्की दिनेले गायक उदितनारायण झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको छ ।
प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ । अपराध अनुसन्धान गर्ने प्रहरी निकाय परिचालित छ ।
गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदित नारायण झाको उजुरी दर्ता गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया