‘गलबन्दी’ जस्तै चोरी काण्ड दाेहाेरियाे, फन्दामा चलेका संगीतकार
काठमाडौं । संगीत चोरीको आरोप खेप्दै आएका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको छ ।
संगीतकार बास्कोटाले ल्याएको ‘समाचार’ नामक गीतमा अरुकै संगीत लिएको आरोप लागेको छ ।
गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको दाबी उजुरीमा गरिएको छ ।
महतले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागि प्रयत्नरत रहेको निवेदनमा उल्लेख छ ।
प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन ।
प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।
यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगीत चोरिको आरोप लागेको थियो ।
केही समय अगाडि ‘गलबन्दी’ गीतको लय चोरी गरेको अभियोगमा गायक प्रकाश शपुत फन्दामा परिसकेका छन् । प्रकाशले शम्भु राईको गीत चोरी गरेको पुष्टि भएपछि गलबन्दी गीतमा लयमा राईको नाम पनि राख्ने सहमति गरेर कुरा मिलेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया