दर्शकलाई उदितका छोरा आदित्यले दिए ठमेलको निम्तो
काठमाडौं । गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा काठमाडौं आउने भएका छन् ।
ठमेलको क्लव फरेन हाइटको कार्यक्रममा सहभागी हुन आदित्य नेपाल आउने लागेका हुन् ।
जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाडौंको ठमेलमा रहेको क्लब फरेन हाइटमा लाइभ प्रस्तुत हुनेछन् । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएका छन् ।
आदित्यले भिडियो सन्देश मार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु ।’
आदित्यले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन् ।
क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ ।
आयोजकले आदित्यको नेपालमा राम्रो क्रेज देखेर नै ल्याउन लागेको बताएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया