अभिनेत्री अनुष्का शर्मा बिरामी
मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा बिरामी परेकी छिन् । अनुष्का बल्जिङ डिस्क नामक रोगबाट ग्रसित छिन् ।
उनी हालै एउटा अस्पतालको अगाडि भेटिएकी थिइन् । बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ ।
लामो समयदेखि सो रोगबाट पीडित अनुष्कालाई अहिले निकै गाह्रो भएको बताइन्छ ।
अनुष्का अहिले उपचारमा लागेकी छिन् । पीडा भए पनि उनी ३० मेमा सुरु हुने क्रिकेट वल्र्डकपमा आफ्ना क्रिकेटर पति विराट कोहलीको हौसला बढाउन चाहन्छिन् ।
उनी आफ्नो रोगका कारण पतिको ध्यान क्रिकेटबाट कमजोर नहोस् भन्ने पक्षमा छिन् । विराट वर्ल्डकप २०१९ का लागि भारतीय टिमका साथ इंग्ल्यान्ड उडिसकेका छन् ।
अनुष्का अभिनित पछिल्लो फिल्म जिरो फ्लप भएको थियो । त्यसपछि उनले अर्काे फिल्म अभिनय गरेकी छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत