विमानस्थलमा पार्किङ एरियाबाट सुन बरामद
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट सुन बरामद गरेको छ ।
शनिबार प्रहरीले १२ लाख ८९ हजार ३ सय २२ रुपियाँ मूल्य बराबरको २ सय ४९ ग्राम सुनका ५ थान बाला बरामद गरिएको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३१ बस्ने फहिमुदिन मियाँ रहेका छन् ।
अबैध रुपमा सुन संकलन गरिरहेको अवस्थामा मियाँलाई उक्त परिमाणको सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
मियाँलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि बरामद सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
Published : Sunday, 2019 March 24, 6:32 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत