गायिका गिरी र गायक लम्साललाई प्रतिष्ठानको सम्मान

बुटवल । लोक तथा दोहोरी गायिका भूमिका गिरी र गायक बसन्त लम्साललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सम्मान गरेको छ ।

बुटवलमा शनिबार सम्पन्न ‘पाँचौँ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’मा गायिका गिरी र गायक लम्साललाई सम्मान गरिएको हो ।

सम्मान पाएपछि गायिका गिरीले आफू निक्कै हर्षित भएको बताएकी छिन् । ‘सम्मान पाएपछि एउटा गहन जिम्मेवारी बढेको आभास भएको छ’, उनले भनेकी छिन् ।

गायिका गिरी र गायक लम्साललाई प्रतिष्ठानले देश तथा बिदेशमा भएका हरेक सांस्कृतिक कार्यक्रममा आफ्नो लोक गीत संगीतको दायराभित्र रहेर नेपाली मौलिकता झल्किने भेषभुषा र अनुशासित गायक र गायिकाको रुपमा प्रस्तुति दिएकोमा सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको हो ।

गायिका गिरीले भनेकी छिन्, ‘सम्मानले मलाई मात्र होइन कि आगामी लोक दोहोरी गीत संगीतमा नयाँ पाइला प्रवेश गर्ने पिँडीलाई पनि प्रेरित गरेको छ ।’

गायक लम्सालले पनि खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा आफूमाथि थप जिम्मेवारी बढेको महशुस भएको प्रतिक्रिया दिएका छन् ।

गायिका गिरी र गायक लम्सालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सम्पूर्ण कार्यसमितिलाई धन्यावाद पनि दिएकी छिन् ।

Published : Sunday, 2019 March 10, 11:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया