अशोकलाई अस्ट्रेलियमा स्वर्ण, निशालाई पनि स्वर्ण
काठमाडौं । अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । प्रतियोगितामा आइतबार अशोकले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।
थाइल्यान्डको चोन्बुरीमा भएको दोश्रो बुराफा युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपालीकी निशा श्रेष्ठले शनिबार स्वर्ण जितेकी छन् । निशाले एकल पुम्सेमा स्वर्ण जितेकी हुन् ।

विनोद बस्नेतले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य, राजेशकुमार तामाङले ग्योरोगीमा रजत तथा दीपक दुलालले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य हात पारे ।
प्रज्ज्वल दवाडी, प्रवेश दवाडी, दिनेश राई, सन्तोष पौडेल, अनिल आले र मेलिना गुरुङले ग्योरोगीतर्फ तेश्रो स्थान हात पारे । फुलमाया कुमालले पुम्सेमा कांस्य जितिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत