अशोकलाई अस्ट्रेलियमा स्वर्ण, निशालाई पनि स्वर्ण

काठमाडौं । अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् ।

अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । प्रतियोगितामा आइतबार अशोकले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।

थाइल्यान्डको चोन्बुरीमा भएको दोश्रो बुराफा युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपालीकी निशा श्रेष्ठले शनिबार स्वर्ण जितेकी छन् । निशाले एकल पुम्सेमा स्वर्ण जितेकी हुन् ।

विनोद बस्नेतले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य, राजेशकुमार तामाङले ग्योरोगीमा रजत तथा दीपक दुलालले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य हात पारे ।

प्रज्ज्वल दवाडी, प्रवेश दवाडी, दिनेश राई, सन्तोष पौडेल, अनिल आले र मेलिना गुरुङले ग्योरोगीतर्फ तेश्रो स्थान हात पारे । फुलमाया कुमालले पुम्सेमा कांस्य जितिन् ।

Published : Saturday, 2019 March 9, 10:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया