काठमाडौंको गंगबुको होटेलभित्रै गोली चल्यो

काठमाडौं । काठमाडौंको गंगबुको एउटा होटलभित्रै गोली चलेको छ ।

होटल लक प्रालिको रुम नम्बर १०२ मा मंगलबार साँझ गोली चलेको हो ।

कोठामा शंकास्पद गतिविधि भइरहेको थाहा भएपछि सादा पोसाकको प्रहरी टोली होटेल पुगेको थियो ।

प्रहरीको गोली लागेर काभ्रेका ३० वर्षीय अबिलास तामाङ घाइते भएका छन् । उनको बायाँ खुट्टामा एक गोली लागेको छ ।

तामाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । प्रहरीले अविलासको साथबाट एउटा पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ ।

Published : Tuesday, 2019 January 22, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया