गण्डकी कांग्रेस उप–सभापतिमा गुरुङ निर्वाचित

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको उपसभापतिमा आशिक गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका मेखलाल श्रेष्ठले उपसभापतिमा गुरुङलाई मनोनयन गरेका हुन् । उपसभापति गुरुङ तत्कालीन समयमा पार्टीको गण्डकी प्रदेश पर्यटन विभाग संयोजक समेत हुन् । उनी र युवामाझ निकै लोकप्रिय मानिन्छन् ।

गुरुङ कास्की क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि हुन् । उनी जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति समेत हुन् ।

Published : Saturday, 2026 November 28, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया