गण्डकी कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित, पदाधिकारीहरु पछि मनोनयन गरिने

पोखरा । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशनबाट सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार पोखरामा गण्डकी प्रदेशको अधिवेशन सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । अधिवेशनलाई संयोजक प्रा.डा.शशांक कोइरालासहितका नेताहरुले सम्बोधन गरेका थिए ।

निर्वाचन समितिका अनुसार नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । अविधेशनपछि सभापति श्रेष्ठले पदाधिकारी र सदस्यहरु मनोनयन गर्ने जनाएका छन् ।

निर्वाचन प्रक्रियाबाट सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् । मनोनयन गर्न बाँकी सदस्य र पदाधिकारीहरुका विषयमा केही दिनमा मनोनयन गरिने सभापति श्रेष्ठले बताएका छन् ।

सभापति श्रेष्ठ स्याङजा जिल्ला निवासी हुन् । उनी गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री पनि हुन् ।

Published : Sunday, 2026 November 22, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया