संयोजक प्रा.डा.कोइरालाद्वारा कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ९ गते बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन् ।

विज्ञप्तिमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका साथै महाधिवेशन तयारी समितिमा रहेका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुन लागेको छ ।

नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले महाधिवेशनको तयारीका विषयमा जानकारी लिनुका साथै भावी योजनाका बारेमा छलफल गर्नेछन् ।

Published : Sunday, 2026 November 22, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया