डा.महतद्वारा नुवाकोट कांग्रेसको अधिवेशनको उद्घाटन

विदुर । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नुवाकोट जिल्लाको अधिवेशनको उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत नेता डा.महतले आइतबार विदुरमा आयोजित उद्घाटनसत्रलाई उद्घाटन गरेका हुन् । अधिवेशनमा नेताहरु कुन्दनराज काफ्ले, पूर्णबहादु तामाङ (कान्छाराम), गोपाल विश्वकर्मा, गुमानसिंह लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन गर्नुभन्दा अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नारावाजीसहित नगरपरिक्रमा गरेका थिए ।

Published : Sunday, 2026 November 22, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया