काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा महर्जन सर्वसम्मत निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सभापतिमा जयकृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत महर्जन काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । महर्जनले कार्यसमिति पनि बनाएका छन् ।
सभापतिमा निर्वाचित भएका महर्जन पूर्व क्षेत्रीय सभापति तथा काठमाडौंको शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् ।
Published : Thursday, 2026 November 19, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया