कांग्रेसको प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा कार्कीलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालाले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा अमितसिंह कार्कीलाई मनोनयन गरेका छन् ।

डा कोइरालाले कार्कीलाई संघको अध्यक्षमा मनोनयन गरेका हुन् । कार्कीलाई छ महिनाभित्र अधिवेशन गर्न संयोजक प्रा डा कोइरालाले निर्देशन दिएका छन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले धमाधम जिल्ला अधिवेशनहरू सम्पन्न गर्न लागेका छन् । अब सात प्रदेशमा अधिवेशनको तयारी भइरहेको छ । सोही क्रममा संयोजक प्रा डा कोइरालाले भ्रातृ संस्थाहरू गठन गर्दै आएका छन् ।

Published : Monday, 2026 November 16, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया