कांग्रेस संयोजक प्रा डा कोइरालाद्वारा मुस्लिम संघ गठन, अध्यक्षमा खान मनोनयन
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालाले नेपाल मुस्लिम संघको अध्यक्षमा मिनहाज खानलाई मनोनयन गरेका छन् ।
डा कोइरालाले खानलाई अध्यक्षमा मनोनयन गरेका हुन् । खानलाई छ महिनाभित्र अधिवेशन गर्न संयोजक प्रा डा कोइरालाले निर्देशन दिएका छन् ।
शेरबहादुर देउवा पक्षीय नेताहरूले धमाधम जिल्ला अधिवेशनहरू सम्पन्न गर्न लागेका छन् । अब सात प्रदेशमा अधिवेशनको तयारी भइरहेको छ । सोही क्रममा संयोजक प्रा डा कोइरालाले भ्रातृ संस्थाहरू गठन गर्दै आएका छन् ।
Published : Monday, 2026 November 16, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया