गोदावरीमा जुवा खेल्ने र खेलाउनेहरू नगदसहित पक्राउ

जावलाखेल । प्रहरीले ललितपुरको गोदावरी नगरपालिका वडा नं.१० टहाखेलमा छापामारेर जुवातास खेल्ने र खेलाउनेहरूलाई नियन्त्रामा लिएको छ ।

सोमबार टहाखेलस्थित खोमप्रसाद तिमल्सिनाको जस्ताको टहरामा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।

तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले तास थान १ र नगद ५० हजार ५ सय ७० रुपियाँ बरामद गरेको जनाएको छ ।

उनीहरूलाई जुवा सम्बन्धी कसूर मुद्धामा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 November 3, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया