मंसिर २१ मै कांग्रेसको नियमित महाधिवेशन हुन्छ, उत्साहजनक उपस्थिति छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन पक्षधरले पार्टीको विधि र विधानअनुसार नै १५औँ महाधिवेशन सम्पन्न हुने जनाएका छन् ।
मंगलबार काठमाडौंको चुनदेवीमा पत्रकार सम्मेलन गर्दै नेता डा.प्रकाशशरण महतले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाकारी दिए ।
डा.महतले हालसम्म ६ सय १८ वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको बताए । २ सय २८ ठाउँमा प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन र १ सय १४ ठाउँमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले जानकारी दिएका छन् ।
सबै अधिवेशनमा अत्यन्तै उत्साहपूर्ण सहभागिता देखिएको समेत पूर्वमन्त्री समेत रहेका नेता डा.महतले जानकारी दिएका छन् ।
डा.महतले महाधिवेशनले कांग्रेसको मूल मान्यता, विचार, विधि र पार्टी सञ्चालन पद्धतिको पक्षमा उभिने अठोट लिएको बताए ।
आफूलाई आधिकारिक दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको उनले बताएका छन् ।
वैचारिक र वैधानिक कोणबाट अर्को पक्ष ठीक ठाउँमा नरहेको आरोपसमेत डा.महतले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया