गगनलाई कांग्रेसको आधिकारिकता दिन ३ करोड प्रकरणमा इनमले मुछेपछि सारङ्गा सोमबार सुनुवाइ प्रक्रियाबाट अलग

काठमाडौं । बिचौलिाय इनम सापकोटा र गगन थापालाई नेपाली कांग्रेसको आधिकारिका दिन ३ करोड कथित डिल प्रकणमा मुछिएपछि सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छिन् ।

इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएको स्रोतलाई उल्लेख गर्दै अनलाइन खबर डटकमलले जनाएको छ ।

न्यायाधीश सुवेदीले सोमबार गोला तानेकी छैनिन् । आफ्नो नाम पनि अनेकतिर जोडिएर आएपछि सोमबारको इजलासमा बस्दिनँ भनेको सर्वोच्च अदालतसम्बद्ध स्रोतले जनाएको छ ।

न्यायाधीश सुवेदीले मंगलबारको कुरा सोचौंला भनेकी छिन् । गोला तान्न अस्वीकार गरेपछि सुवेदीलाई इजलास पनि तोकिएको थिएन ।

इनम सापकोटाको ह्वाट्सएप म्यासेजमा न्यायाधीश सुवेदीको पनि नाम आएको र बयानका क्रममा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिन ३ करोडमा कथित डिल गरेको भनेर इनम सापकोटाले नाम लिएको भनी सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरूमा न्यायाधीश सुवेदीको नाम उल्लेख भएको थियो ।

न्यायाधीश सुवेदीले त्यसैलाई आधार बनाउँदै सोमबारका लागि मुद्दाको सनुवाइ प्रक्रियाबाट अलग हुने घोषणा गरेको अनलाइन खबरले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

Published : Monday, 2026 November 2, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया