दाङ कांग्रेसको सभापतिमा शर्मा सर्वसम्मत निर्वाचित, घोराहीमा देउवा पक्षको शक्ति प्रदर्शन

घोराही । नेपाली कांग्रेस दाङको जिल्ला अधिवेशनले सभापतिमा गोपालराज शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

सोमबार घोराहीमा झाँकी र शक्ति प्रदर्शनसहित सम्पन्न दाङ कांग्रेसको अधिवेशनले सभापतिमा शर्मालाई निर्वाचित गरेको हो ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । अधिवेशन उद्घाटन अगाडि पञ्चेबाजासहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नगर परिक्रममा गर्दै शक्ति प्रदर्शन गरेका छन् ।

उपसभापतिद्वयमा भगवानदास यादव र सुरेन्द्र खड्का, सचिवद्वयमा पूर्ण मल्ल र गेहेन्द्र वली सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवद्वयमा रामबहादुर केसी र अनिता विक सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरूमा डम्बरबहादुर भण्डारी, हरिप्रसाद भुसाल, गुमानसिंह वली, नुमाकान्त दाहाल, लेखराज डिसी, मीना विक, चेतनाथ ज्ञवाली, रञ्जित श्रेष्ठ, लेखराज पुरी, टीकाराम पाण्डे, मदनबहादुर केसी, शरद रोका सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी, लालबहादुर बस्नेत, कमला वली, खिमा विक, कमला वली, यामबहादुर गुरुङ, रेशम नेपाली, पूर्णबहादुर खड्का, सीता खड्का, शिला पुन, रेखा थापा, नन्दलाल पुन, बलबहादुर वली, डम्बरबहादुर डाँगी, सेवोकला कँडेल पनि सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

दाङ कांग्रेसको अधिवेशनको उद्घाटन नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले गरेका छन् । गिरीले स्थानीय तहको निर्वाचनअघि सर्वोच्च अदालतले कांग्रेसभित्रको विवाद निरूपण नगरे पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका छन् । उनले अदालतले शेरबहादुर देउवा पक्षलाई आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् ।

नेता गिरीले बजारमा कांग्रेसको विशेष महाधिवेशन र आधिकारिकता प्राप्तिका लागि अस्वस्थ्य गतिविधि भएको विषय सञ्चारमाध्यममा आइरहेको बताउँदै चिन्ता जनाएका छन् । गिरीले भने, ‘अन्तिम सत्य भनेको न्यायालयबाट देउवा पक्षले न्याय पाउनेछ । देउवा पक्षले पुनरावलोकनको मुद्दा जित्ने विश्वास छ ।’

उद्घाटन सत्रमा नेताहरू नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समिति लुम्बिनीका संयोजक गेहेन्द्र गिरी, पूर्वसभापति वीरकेश्वरी गौतम, नेपाली कांग्रेस लुम्बिनीका सदस्य सचिव बमबहादुर डिसी, नेताहरू बद्री खड्का, पुष्पा श्रेष्ठ, दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति खेमराज विश्वकर्मा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2026 November 2, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया