सरकारी कार्यालयहरू सञ्चालनको समय परिवर्तन
काठमाडौं । सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन भएको छ ।
माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो ।
Published : Sunday, 2026 November 1, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया