सरकारी छानविन समिति मान्दैनौँ, संसदीय समिति गठन हुनपर्छ : कांग्रेस सहमहामन्त्री खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पत्रकारहरूमाथि भएको राज्य आतंकको छानविन गर्न संसदीय समितिको माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् सहमहामन्त्री खतिवडाले राज्य आतंकमा सरकारकै संलग्नता देखिएको भन्दै संसदीय छानविन समितिको माग गरेका हुन् ।
उनले भने, ‘पत्रकारमाथिको राज्य आतङ्क लोकतन्त्रको मेरूदण्ड प्रेस स्वतन्त्रता विपरित छ ।’
‘सरकारकै संलग्नता देखिएकाले सरकारी छानविन समिति मान्दैनौँ,’ खतिवडाले भने, ‘संसदीय छानविन समिति गठन हुनपर्छ ।’
Published : Sunday, 2026 November 1, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया