कांग्रेसको आदिवासी जनजाति महासंघको सभापतिमा मोक्तान मनोनीत
काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा अमिर मोक्तान मनोनीत भएका छन् ।
नेपाली कांग्रेस १५औं महाधिवेशन तयारीका संयोजक प्रा.डा.शशांक कोइरालाले मोक्तानलाई महासंघको सभापतिमा मनोनीत गरिएको पत्र प्रदान गरेका छन् ।
सभापतिमा मनोनीत भएपछि मोक्तानले नेपाली कांग्रेसको संगठन निर्माणमा भूमिका खेल्ने बताएका छन् ।
सभापतिमा मनोनीत भएपछि मोक्तानले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । भेट गरेर उनले देउवासँग आशीर्वाद लिएका छन् ।
Published : Saturday, 2026 October 31, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया