कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने, धमाधम तयारी हुँदै

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेस १५औं महाधिवेशत तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालासहितका नेताहरूसँगको परामर्शपछि खुलामञ्चमा उद्घाटनसत्रको कार्यक्रम गर्ने तयारी भएको हो ।

केन्द्रीय निर्वाचन समितिले काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने जनाएको छ । समितिका संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलले खुलामञ्चमा महाधिवेशन हुने बताएका छन् ।

उद्घाटन खुलामञ्चमा गर्ने, प्रतिनिधिहरूलाई खानाको व्यवस्था भृकुटीमण्डप र निर्वाचनलगायत कार्यक्रम राष्ट्रिय सभा गृहमा गर्ने गरी तयारी भएको छ ।

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने कार्यतालिका छ । त्यसअघि मंसिर ४ मा प्रदेश अधिवेशन र कात्तिक १५ मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । हालसम्म ११ जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगन थापा र उनको समूहले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमै १५ औं महाधिवेशन गरेको थियो ।

Published : Friday, 2026 October 30, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया