दलाई लामासँग सिन्धुपाल्चोक कांग्रेसका नेता दोर्जे लामाद्वारा आशीर्वाद ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका नेता दोर्जे लामा (हाउडे दोर्जे)ले बौद्ध धर्मगुरु दलाई लामाको आशीर्वाद लिएका छन् ।

भारतमा निर्वासित जीवन विताइरहेका निर्वासित तिब्बती धर्मगुरु दलाई लामालाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा पुगेर कांग्रेस नेता लामाले दर्शन गरेका हुन् । उनले दलाई लामासँग आशीवार्द लिएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वउपसभापति समेत रहेका नेता दोर्जे लामाले ‘जीवनको एक अविस्मरणीय क्षण, परमपूजनीय दलाई लामाज्यू’ भन्दै सामाजिक सञ्जालमा तस्बिर राखेका छन् ।

Published : Thursday, 2026 October 29, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया