ठूलो परिमाणको थाई गाँजासहित भारतीय २ महिला विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलाहरूलाई पक्राउ गरेको छ ।
बाटिक एयरको उडानद्वारा थाईल्याण्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक ९ गते नियन्त्रणमा लिएको ब्यूरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा भारतीय महिलामा ४६ वर्षीय शबानाबानु यार मोहम्मद शेख र ३५ वर्षीय सरिफा अब्बास अन्सारी रहेका छन् । उनीहरूको साथबाट ब्यूरोको टोलीले १४ किलो थाई गाँजा, पासपोर्ट र मोइबाल बरामद गरेको छ ।
Published : Wednesday, 2026 October 28, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया