कालीगण्डकीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु
कालीगण्डकी । गुल्मी जिल्लामा स्कारपिया गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छभने ३ जना घाइते भएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नं. २ दबौखानीमा बुधबार दिउँसो करीब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बाएए ०२२० नम्बरको स्कारपियो गाडी दुर्घटना भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्कारपियो गाडी कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करीब २५० मिटर तल खसेर दुर्घटनामा परेको छ ।
दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ । स्कारपियोका चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डेको मृत्यु भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको छ ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।
छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । बालकृष्ण सुवेदीलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको छ ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ । घटनाबारे अनुसन्धान तथा उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया