पर्सामा नक्कली घुमुवा पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले सुरक्षाकर्मीको घुमुवा हुँ भनी रकम असुली गर्ने बिचौलिया ५१ वर्षीय अशोककुमार बर्णवाललाई पक्राउ गरेको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नं. ५ बस्ने बर्णवालले सुरक्षाकर्मी (नेपाल प्रहरी÷सशस्त्र प्रहरी बल नेपाल)को घुमुवा हुँ भनेर ठगी गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बर्णवालले मेरो राम्रो चिनजान छ, भन्सार छली चोरी तस्करीको सामानहरू सजिलै सेटिड गराइ पास गर्न लगाइ दिन्छु, रकम नदिने व्यक्तिको सामानहरू पक्रिन लगाइ दिन्छु भनी रकम असुली तथा बिचौलियाको काम गर्ने गरेको आरोप प्रहरीको छ ।
पीडितहरूको सूचनाको आधारमा पर्सा प्रहरीबाट खटिएको प्रहरी टोलीले बर्णवाललाई कात्तिक ६ गते पोखरिया नगरपालिका वडा नं. ५ बाट पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बर्णवाललाई कानून बमोजिम म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । बर्णवालले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको सेवामा जागिर लगाई दिन्छु भनेर समेत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया